२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनि तुलसीपुर शाखाद्वारा पुुर्नताजकी तथा उत्तरप्रेरणा कार्यक्रम

दाङ, २२ माघ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनि तुलसीपुर शाखाले अभिकर्ताका लागी पुुर्नताजकी तथा उत्तरप्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सोमबार तुलसीपुरमा ४० जना अभिकर्ताको सहभागितामा अभिकर्ताका लागी पुुर्नताजकी तथा उत्तरप्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।  

चिफ बिजनेस अफिसर कसाजुले बिमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार भएको बताएका हुन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनिमा भएको बिमा पोलिसीको बारेमा बताउँदै सिमित सावधिक जीवन बिमा योजना अन्तर्गत निश्चित रकम निश्चित अवधिसम्म जम्मा गरेर तीन गुणासम्म भुक्तानी लिन मिल्ने जानकारी दिदै जीवन बीमा जीवन सुरक्षाको लागी उपयोगी भएकाले पनि एक प्रकारको लगानी गर्न सकिने बताएका थिए । 

कम्पनिका चिफ बिजनेश अफिसर सन्दीप कसाजु, क्षेत्रिय प्रवन्धक दिपक कुमार वली र एरिया प्रवन्धक रुद्रप्रसाद अधिकारी प्रशिक्षण दिएका थिए भन्ने कार्यक्रमको सहजीकरण कम्पनिका तुलसीपुर शाखा प्रमुख डम्बर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस