
सल्यान, २४ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको शिल्ड छत्रेश्वरी गाउँपालिकाले जितेको छ । लगातार तेस्रो पटक जितेर गाउँपालिकाले ह्याट्रिक शिल्ड जितेको हो । बिभिन्न ४ बिधाका खेलमा ५२ स्वर्ण पदकका लागि भएको प्रतियोगिता छत्रेश्वरी गाउँपालिकाले १५ स्वर्ण १२ रजत, ११ काश्य गरी जम्मा ३८ पदक जितेर शिल्ड जितेको हो । यस्तै १० स्वर्ण, ११ रजत, १३ काश्य गरी जम्मा ३४ पदक जितेर कपुरकोट गाउँपालिका दोस्रो भएको छ । भने ९ स्वर्ण, ७ रजत, ८ काश्य गरी २४ पदक जितेर शारदा नगरपालिका तेस्रो भएको छ ।
जीवन ज्योती नमुना माध्यमिक बिद्यालयको प्राङगनमा माघ २१ गते देखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा जिल्लाका १० पालिकाबाट प्रतिनिधित्व गर्दै ६ सय ६७ जना खेलाडीहरुले पुरुष तथा महिला भलिबल, कबड्डी, एथ्लेक्टिक्सका सम्पूर्ण खेल र मार्सल आर्ट अन्तर्गतका कराँते,तेक्वान्दोमा प्रतिस्पर्धा गरेको खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्य जानकारी दिनु भएको छ ।