२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ  : रामजी खाँड

दाङ, २६ माघ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताएका छन । 

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसंगति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने बताएका हुन । उनले भने, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ । साक्षात्कार कार्यक्रममा बोल्दै खाँडले नेपाली कला संगीत भित्र अराजकता भित्र्याउने हरुलाई सञ्चार माध्यमले महत्व दिएन भने आफै विलीन हुँदै जाने बताएका हुन ।

विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आयको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ । उनले भने, पहिला हामीले कति दुःख गर्थ्यो तर अहिले हेर्नुहोस सामाजिक सञ्जाल हेरे पुग्छ । नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार संगले गरेको काम प्रति खुसी ब्यक्त गर्दै पहिलो पटक यसरी लाेक सगित र कलाकारिताकाे विषयमा पत्रकार सग छलफल गर्न पाएकाेमा खुसि ब्याक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सघका सल्लाहकार शरद रेग्मी गरेका थिए भने कार्यक्रमको सहजीकरण संघकि सचिव निरला अर्यालले गरेकि हुम ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस