दाङ, १ फागुन । कानुनी शिक्षा बुझ्नु भन्दा पहिले कानुन केहाे बुझ्नु जरुरी छ कानुन भन्नाले मानिसलाई सहि मार्ग निर्देशन गर्ने पाटाे हाे । जसले मानिसलाई कुन कार्य गर्दा सहि र कुन कार्य गर्दा गलत हुन्छ भन्ने मनसाय जगाउदछ ।
सामान्य भाषामा कानुनि शिक्षा भनेकाे संविधान तथा कानुनमा लेेेेखेका कुराहरु ब्यबहारमा ल्याउनु लाई बुझन सकिन्छ, कानुनी कुराहरुलाई समाजमा प्रचलनमा ल्याउन लागू गर्न कानुनी शिक्षा आवश्यक पर्दछ ।
सल्यानमा कानुनी शिक्षा काे आवश्यकता:
प्राचीन देखि विभिन्न इतिहास बाेक्दै आएकाे सल्यान जिल्ला हाल २१ अौं शताब्दी सम्म आउदा समाजमा धेरै बिक्रीती तथा अपराधहरु बढिरहेको देखिन्छ प्राचीनमा छाव पर्था, जात, छुवाछूत, भेदभाव, विभिन्न कुराबाट दबिएकाे सल्यान २१ अाैं शताब्दी सम्म अाउदासम्म केही परिवर्तन अाएन झन ठुला अपराधहरु जस्तै बलात्कार, बालविवाह, छुवाछूत, हत्या, हिंसा जस्ता जघन्य घटनाहरु घटिरहेको छन । जसले गर्दा मानिस जिवनमा त्रास ल्याकाे पाइन्छ । हाल सम्म आउदा कर्णालीकाे सबै भन्दा धेरै बलात्कार हुने जिल्ला भनी सल्यानलाई चिनिन्छ ।
सल्यानमा कानुनि शिक्षाको पहुचमा कमि रहेकाे पाउन सकिन्छ सल्यानमा यस्ता घटना घटन नदिनकाे लागि कानुन केहाे भन्ने कुराकाे जानकार र कानुनि शिक्षाको एकदमै आवश्यक परेकाे पाईन्छ । संविधानले प्रदान गरेको अधिकार पनि मानिसले प्राप्त गर्न पाएका छैन्न यदि यहि ठाउमा कानुन जानेकाे मानिस भए उसले अाफनाे अधिकार प्राप्त गर्न केही कदम उठाउथ्याे त्यसैले कानुन र कानुनी शिक्षा जान्न जरुरत छ ।
धेरै कुरा बाट पछाडि परेकाे सल्यानलाई जगाउन हामी जस्ता युवा, जनप्रतिनिधि, न्यायिक निकाय, प्रसासन अन्य सबै निकायकाे एकजुटता हातेमालो हुन जरुरि छ । समाजमा भइरहेका अपराधहरुलाई नियन्त्रण नियमन गर्न कानुन जान्न कानुनि शिक्षा जान्न जरुरत रहेकाे छ । जुन कानुन अहिले नजान्दा सल्यान लगायत हाल नेपालमै एकदमै अपराधहरु बढिरहेको देखिन्छ ।
कानुनि शिक्षा काे पहुँच हरेक घर, बिद्यालय, गाउँ, समाज, सहर, र जुनसुकै ठाउमा कानुन केहाे कानुन जान्न किन आवश्यक छ भन्ने कुराकाे जानकार हुन जरुरत रहेकाे छ । सल्यानकाे दृस्ठिकोण बाट हेर्दा अझै पनि यस्ता घटना घटिरहेको छन जहाँ तल्लाे जातकाे व्यक्तिले छाेएकाे पानी ठुलो जाति भनाउदाले नखाने, जस्ता घटना घटिरहेका छन बालविवाह, बलात्कार,हत्या जस्ता अपराध घटिरहेको देख्न सकिन्छ । जसले गर्दा सल्यनि नागरिक काे मानसिकतामा नराम्रो असर परेकाे छ र यस्ता अपराधहरु नियन्त्रणको लागि कानुन र कानुनी शिक्षा जान्न आवश्यक छ ।
दिन प्रतिदिन ठुला ठुला अपराध हरु घट्दै गर्दा समाज लगायत विश्व व्यापि रुपमा पनी असर परि रहेकाे पाउन सकिन्छ । सल्यानमा हाल सम्म आउदा एक सामान्य कानुन नजानदा नागरिक हरुले पिडा भाेकदै अाइरहेकाे देखिन्छ । समाजमा कानुनी शिक्षाकाे बिकास गर्न सकेमा समाजलाई अपराध मुक्त समाज समृद्ध समाजकाे निर्माण गर्न सकिन्छ । अहिले घटिरहेको विभिन्न अपराध हरुलाई नियन्त्रण गर्ने एकमात्र पाटाे भनेकाे कानुनी शिक्षाकाे पहुचहुनु हाे ।
कसरी सकिन्छ कानुनी शिक्षामा परिवर्तन ल्याउन
समाजमा कानुन र कानुनी शिक्षामा परिवर्तन ल्याउन विभिन्न क्रियाकलाप हरु बाट सम्भावना रहन्छ जस्तै :-
समाजमा कानुनी साक्षरता कार्यक्रम संचालन गर्ने र कानुनी शिक्षा अभियान चलाउने
– सबै विद्यार्थीसँग कानुन कानुनी शिक्षाको कार्यक्रम संचालन गर्ने
– नयाँ कानुन निर्माण गर्ने र कानुन परीपालना गराउने
– कानुन संकायका विद्यालयहरु खोल्ने
– जनप्रतिनिधि, न्यायिक निकाय, प्रसासन, प्रहरी प्रसासन, सबै निकाय काे सहयाेग
– समाजमा रहेका विभिन्न नकारात्मक प्रर्थाहरु नियन्त्रण
-कानुनी शिक्षा अनिबार्य रुपमा बिध्यालयको पाठ्यक्रममा समाबेश गर्ने,
-प्रयोगात्मक कानुनी शिक्षाको अभियान चलाउने
माथि उल्लेखित काम बाट मात्र नभई अन्य कार्य बाट पनि कानुनी शिक्षाको बिकास गर्न सकिन्छ ।
समाज र रास्ट्रमा स्वतन्त्रता, समानता ल्याउने र परिवर्तन ल्याउने जिम्मा सरकारकाे मात्र हैन ।समाज र राष्ट्रियता बचाउने जिम्मेवारीमा नागरिक, बिद्यार्थी , कर्मचारी, न्यायिक निकाय, जनप्रतिनिधि, हामीसबैको निकै महत्त्वपूर्ण भुमिका रहन्छ ।
र रास्ट्र लाई बचाउन र देशलाई शान्त र सुब्यबस्थित रास्ट्र बनाउन कानुनी शिक्षा काे आवस्यकता रहन्छ । जहाँ कानुनि शिक्षाको पहुँचले द्वन्द मुक्त र अपराध मुक्त समाज निर्माण गर्न सकिन्छ ।