२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

इन्धनको मूल्य फेरि बढायो

काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ । निगमले   बिहीवार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन। निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार भाउ समायोजन गरेको जनाएको छ । आईओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस