
दाङ, ४ फाल्गुन । गुरुकुरुल एकेडेमी तुलसिपुरले त्रिशिद्धेस्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुरु एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो । समुदाय संग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरीएको हो ।

धार्मिक स्थल जँहा बृद्ध देखि बालबालिका सम्म जाने ठाँउलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्धेश्यले मन्दिर परीसर सरसफाई गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिएका हुन । सरसफाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसि बाल अस्पतालका बाल रोग बिशेषज्ञ डा. किशोर खत्रिले सरसफाइका कारण मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने हुन्छ, त्यसैले यो महान कार्य गुरुकुल एकेडेमीले गरेकोमा धन्यबाद ब्यक्त गरेका हुन । साथै उँनिपनि सरसफाई कार्यमा सहभागि रहेको थियो । समाज सेवा सहित चिकित्सक पेशामा आवद्ध खत्रिले स्वास्थ्य ,शिक्षा लगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएका हुन । गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाईमा भएको कार्यक्रमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धिताल , डां किशोर खत्रि सहितका ब्यक्तिहरुको सहभागिता रहेको थियो । गुरुकुल एकेडेमीको महान कार्यमा जोडिने सम्पुर्ण ब्यक्तिहरुलाई विद्यालयले धन्यबाद समेत प्रदान गरेको छ । गुरुकुल एकेडेमीको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाजका हरेक क्षेत्रमा जोडिदै आएको छ ।