२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

देशमा लोकतन्त्र स्थापना भएसंगै आम नागरिकले वाक स्वतन्त्रता पाए  : लहरे

दाङ, ७-फागुन । राप्ती बबई क्याम्पस नेवि संघ तुलसीपुर इकाई समितीले ७४ औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण’को प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरिएको हो । 

प्रमुख अतिथि लहरेले वि.सं. २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउदै आएको बताए । फागुन ७ गतेकै जगमा टेकेर वि.सं. २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको बताउदै वि.सं. २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको बताए । 

यसै पृष्ठभूमिमा वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको जिकिर गरे । देशमा लोकतन्त्र स्थापना भएसंगै आम नागरिकले वाक स्वतन्त्रा पाएको बताए । दोस्रो संविधानसभाले वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

त्यस्तै दिप प्रज्वलन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्यहरु रवि बुढाथोकी, अविशेक दाहाल, आकाश भण्डारी र तरुण दल तुलसीपुर नगर कार्यवहाक सभापति सुरेन्द्र सिंह राठोर लगायतको सहभागीता रहेको थियो । 

कार्यक्रम राप्ती बबई क्याम्पस नेवि संघ इकाई समिती सभापति भिमार्जुन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव टोप बहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस