२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने 

दाङ, ९ फागुन । दाङको तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको आयोजनामा यही फागुन १८ र १९ गते प्रतियोगिता संचालन हुन लागेको संघका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ले जानकारी दिए । 

प्रतियोगितामा नाम दर्ताका लागि प्रति विद्यालय दुई हजार तोकिएको छ भने यस प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका निजि तथा सामुदायिक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यालय–विद्यालयबिचको मैत्रीपूर्ण तथा बालबालिकाको सर्वागिण विकाससंगै विद्यालय स्तरमा टेबल टेनिसको पहुँच पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो । 

त्यस्तै प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ इन्द्रनगरटोलस्थित टेबल टेनिस कर्भड हलमा संचालन हुने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस