दाङ, ११ फागुन । तुलसीपुरमा राइट ग्रुप मल्टिपर्पोज कम्पनीले फेरी अर्को व्यवसाय सञ्चालनमा ल्याएको छ । ग्रुपले स्वास्थ्य सम्बन्धी व्यक्तिगत हेरचाह एवं स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ घर सञ्चालनमा ल्याएको हो । व्यक्तिगत स्वास्थ्य सम्बन्धी छालाको हेरचाह, कपालको हेरचाह, सौन्दर्य, पोषण, भिटामिन, रिह्याब सम्बन्धी औषधोपचार सेवा एवं सर्जिकलका सामानहरू, ह्विलचेयर , पल्समिटर , नेक बेल्टदेखि लिएर व्यक्तिगत हेरचाहका लागी चाहिने सम्पूर्ण सामानहरू प्राप्त गर्न सकिने राइट ग्रुप अध्यक्ष हरि प्रसाद रिजालले बताए ।
उनका अनुसार स्वास्थ्य घरले प्रवाह गर्न खोजेको उद्देश्य सम्भवतः लुम्बिनी पहिलो रहेको हुनुपर्ने बताए । ‘हाम्रो संस्थाले प्रदान खोजेको सेवा लुम्बिनी प्रदेश मै पहिलो भएको हामीले बुझेका छौँ,’ उनले भने,‘ यहाँ विभिन्न औषधि देखि बच्चा देखि वृद्धासम्मको लागि आवश्यक पर्ने सबै सामग्रीहरू पाइन्छ ।’पछिल्लो समय जिल्ला र देश बाहिर समेत गएर नागरिकले स्वास्थ्य जाँच गराउने र नियमित सेवन गर्ने औषधी आफ्नै ठाउँमा नपाउँदा दुःख पाइरहेको भन्दै अब ति सबै प्रकारका औषधिहरू हेल्थ घरमा पाइने उनको भनाइ छ ।
उनका अनुसार बिहीबारदेखि हेल्थ घर सञ्चालनमा आएको र अबको एक हप्तासम्म विशेष गरी १० प्रतिशत छुट रहेको छ । यस्तै केही समय हेल्थ घरका अस्तुहरू प्रयोग गर्ने ग्राहकहरूलाई नियमित रुपमा प्रयोग गरेमा ५ प्रतिशत छुट दिने र राप्ती लाइफ केयरमा उपचार गर्न आउनेलाई १० प्रतिशत छुट दिने पनि उनले बताए । तुलसीपुर ५ स्थित राप्ती लाइफ हस्पिटल चोकमा ५५ लाखको लागतमा सञ्चालनमा आएको हेल्थ घरको बिहीबार उद्घाटन गरिएको हो । यो राइट ग्रुपको पाँचौ प्रोजेक्ट हो । संस्थाले यस अघि आरजिएम सर्जिकल हाउस, आरजिएम प्राविधिक शिक्षालय, आरजिएम एम्बुलेन्स सेवा र आरजिएम ड्रागन फर्म सञ्चालन गरिरहेको छ ।