२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

छोरा छोरी र आमाबुबा बीच दूरी बढ्दा सन्तानमा नकारात्मक असर

दाङ १६, फागुन । असल अभिभावक कसरी वन्ने भन्ने बिषयमा तुलसीपुरको डिभाईन टेम्पल एकाडेमीले सो विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुलाई प्रशिक्षक दिएको छ । पछिल्लो समय बालबालिकाहरुको ध्यान संस्कार र पढाई भन्दा पनि अन्यत्र केन्द्रित भैरहेको अवस्थालाई मध्येनजर गर्दै सो प्रशिक्षण दिईएको विद्यालयले जानएको छ । 

डिभाईन एजुकेसन फाउन्डेसनको स्थापनाको १५ र्औ बर्षको अवसरमा १५ दिन सम्म मणिभ उत्सव सहित विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप आईतवार र सोमवार डिभाईन टेम्पल एकेडमीका अभिभावक, विद्यार्थी र शिक्षकशिक्षिकाहरु लाई विभिन्न चरणमा प्रशिक्षण प्रदान गरिएको हो ।

बालबालिकाहरुको सर्वाङगीण विकासका लागी सकारात्मक सोच, असल अभिभावकमा हुनुपर्ने गुणहरु, वालवालिकालाई दिनुपर्ने असल सस्कार, घरपरिवारको वातावरण ,वालवालिकालाई गर्ने व्यवहार,  अभिभावक, विद्यार्थी र विद्यालय विचको सम्वन्ध लगाएतका वारेमा प्रशिक्षण दिईएको हो ।

दाङ जिल्लाको पहिलो संस्कारयुक्त विद्यालय वनाउने उद्देश्यका साथ डिभाईन टेम्पलले यस्ता खालका व्यवहारीक तथा प्रयोगात्मक जीवनउपयोगी शिक्षामा जोड दिएको विद्यालयका सिईओ भोजराज न्यौपानेले वताउनुभयो । 

यस्तै विद्यालय सुधार अन्तर्गत धेरै क्षेत्र समेटिएका छन् जस मध्य असल अभिभाबक कसरी बन्ने र सन्तानलाई  आज्ञाकारी, इमान्दारी र संस्कारी  कसरी बनाउने भन्ने विषयमा विद्यालयका अभिभावकहरुलाई प्रशिक्षण दिएको 

प्रशिक्षक ग्लोबल स्कील डेभलवमन्ट नेपालका सिइओ क्षेत्र प्रसाद ज्ञवालीले बताएका हुन । आमा बुबा र सन्तान बीच दूरी बढ्यो भने सन्तानमा फरकपन अबस्य छ प्रसिक्षीक ज्ञवालीले भने । 

विद्यालयका अभिभावक धन बहादुर ओली ले 

गलत विचार र बालबालिकाको मस्तिष्कमा आँच आउने क्रियाकलाप आमाबुबाले गर्न गर्न नहुने बताएका हुन । राम्रो संस्कार भयो भने बच्चा भविष्यमा राम्रो बन्छ उनले भने । 

 विद्यालयका अभिभबा शिक्षक शिक्षिका र विद्यार्थी गरी करिव १५ सय जनालाई प्रशिक्षक दिईएको विद्यालयले जनाएको छ । जसको प्रशिक्षकमा क्षेत्र प्रसाद ज्ञवाली रहेका थिए । 

विसं २०६५ सालमा तुलसिपुरमा स्थापना भएको विद्यालयमा हाल १३ सय विद्यार्थी अध्यनरत रहेका छन भने विद्यालयमा मन्टेस्वरी देखी कक्षा १२ सम्म अध्ययन हुने गरेको छ । कार्यक्रम डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक अध्यक्ष तथा सिइओ भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस