
दाङ, १९ फागुन । नेशनल प्याव्सनका केन्द्रिय अध्यक्ष अध्यक्ष सुवास न्यौपानेले ५२ बर्ष सम्म पनि नेपालको नयाँ शिक्षा ऐन नआउनु दुःखद कुरा भएको बताएका छन् । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको नेपालको शिक्षा ऐन र बर्तमान अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानले राजा महेन्द्रको पालामा २०२८ मा आएको शिक्षा ऐनले अहिलको शिक्षालाई मार्गनिर्देशन गरेको बताए ।
उनले नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा ऐन परिवर्तन हुन नसकेको बताए । ‘नेपालमा संघिय व्यस्था सुरु भएको १८ बर्ष भयो संघियता लागु भएको पनि ८ बर्ष पुरा भयो तर शिक्षा क्षेत्रको परिवर्तन हुन सकेन –न्यौपानेले भने ।’ उनले शिक्षा ऐन नबन्नुमा केहि अदृष्य शक्ति र के खेलछ भन्ने बुझन नसकीएको बताए । ‘नेतृत्वमा बस्नेहरुको इच्छा शक्ति नभएर हो वा अन्य कुनै खेलछ बुझन सकीएको छैन आज सम्म पनि शिक्षा ऐन नआउनु दुःखद पक्ष हो उनले भने ।’
त्यस्तै अहिले शिक्षा ऐनको विषयमा विभिन्न बहस र छलफल भएको भन्दै संसदमा दुई सय सासंदहरुले २ सय सम्शोधन प्रस्ताव पेश गरेको कुरा उल्लेख गरे । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानुन र नीति ल्याउन लागेकोमा आफुहरुले विरोध गरेको बताए ।
‘हामीहरु सडकमा यस अघि आउनु बाध्यात्मक प्रस्थीति थियो तर सरकारले हाम्रो कुरा सुन्योर त्यसको विषयमा छलफल भई रहेको छ –उनले भने ।’ न्यौपानेले विश्व बजार र उभिभावकहरुले नीजि शिक्षा लाई विश्वास गरेको भन्दै नीजि विद्यालयले गुणस्तरीय शिक्षा दिएको दावि गरे ।
‘नीजि विद्यालयले सामुदायिक विद्यालयलाई पनि सुधार गर्ने अवसर दिएको छ नेपालमा केहि नीजि विद्यालयहरु पनि अवल छन नभएका होइनन् उनले भने ।’ न्यौपानेले नेपाल सवै कुराले भरिपूर्ण र सुन्दर भएको भन्दै नेपाललाई शिक्षाको हव बनाउन सकिने बताए ।
‘हामीहरु पनि सरकारलाई सहयोग गर्न तयार छौं विश्वकै आक्रर्षणको केन्द्र नेपाललाई बनाऔं –उनले भने ।’
त्यस्तै उनले आधारभुक्त शिक्षा निःशुल्क हुने छ भन्ने संविधानमा लेखीएको भएता पनि नीजि विद्यालयहरुलाई कहि कतैबाट सहयोग नभएकाले अभिभावकसंग रकम लियर गुणस्तरी शिक्षा दिनु पर्ने आफुहरुको बाध्यता भएको बताए ।
उनले यसलाई केहि व्यक्तिले गतल भनेको बताए । उनले अझैपनि सरकारले धेरै सामुदायिक विद्यालयमा शिक्षक आपूर्ति गर्न नसकेको भन्दै सामुदायिक संग संगै नीजि विद्यालयले पनि राज्यको शिक्षाको दायित्व पुरा गरेको बताए । उनले विश्वका विकशित राष्ट्रमा समेत नीजि विद्यालयहरु सञ्चालन भएको उल्लेख गरे ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु भिमबहादुर बुढाथोकी,प्रकाश शर्मा, एन प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण महासचिव बिमल गौतमले गरेका थिए ।