दाङ, २० फागुन । पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ । जहाँ स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित चर्चित कलाकारहरु आउने नाच्ने , गाउने र दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ । सांगेतिक प्रस्तुतिलाई दर्शक कहाँ अझ धेरै रमणीय बनाउने भन्नेमा उद्घोषक ठूलो भूमिका रहन्छ । त्यहीँ उद्घोषक सँगै आफ्नो सांगीतिक प्रस्तुति दिदै आइरहेका मध्य सल्यान जिल्लाका शान्तराम सेन्चुरी ।
सानैदेखी आफूलाई गीत संगीत प्रति रुचि भएको हुँदा आफ्नो रोजाईमा कलाकारिता क्षेत्र परेको बताउने शान्तराम विगत चार पाँच वर्ष देखि कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेका छन् । पछिल्लो समयमा उनि ठुलाठुला मेला महोत्सवहरुमा कार्यक्रम उद्घोषकका रूपमा निकै व्यस्त देखिन्छन् । २०७६ देखि निरन्तर कलाकारिता क्षेत्रमा अगाडि बढिरहेका शान्तरामलाई एक सक्षम स्टेज कार्यक्रम उद्घोषकका रूपमा पनि चिन्न सकिन्छ ।
अहिले विभिन्न जिल्लामा सञ्चालन भइरहेका मेला महोत्सवमा उत्कृष्ट उद्घोषकको रूपमा आफूलाई स्थापित गर्दै आइरहेका शान्तराम धेरै दर्शकको रोजाईमा समेत परेका छन् । आफ्नो सांगीतिक प्रस्तुति लगेर करिब करिब ८/९ वटा जिल्ला पुगिसकेका सल्यान जिल्ला कपुरकोटका शान्तराम सेन्चुरी नेपालको चर्चित रियालिटी सो हिमालय लोक स्टार सिजन २ मा प्रतिस्पर्धा समेत गरिसकेका छन् ।