२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

तेस्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० स्थगित

दाङ, २० फागुन । आजदेखि सुरु हुने भनिएको तेस्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० पानी परेका कारण स्थगित भएको छ । दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा हिरा डाँगी फाउण्डेशन तुलसीपुर ५ को आयोजनामा संचालन हुने प्रतियोगिता अर्को सुचना जारी नभएम्मका लागि पानी परेका कारण स्थगित भएको फाउण्डेशनले जनाएको छ ।

२०७६ साल चैत्र ३ गते एक हतियार धारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबल खेलाडी हिरा डाँगीको सम्झनामा प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता यस वर्ष पनि हुँदैछ । आज मध्याह्न साढे १२ बजे उद्घाटन गरिने योजना रहेको थियो तर पानी परेका कारण खेल स्थगित गरिएको फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिएका छन । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएता पनि स्थगित मौसमका कारण गर्नु परेको उनले बताएका छन ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु–याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिएका हुन । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिने संयोजक गिरिले बताएका छन ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । जसमा साविक बिजेता ज्ञानज्योती इनोभेटिभ फुटबल क्लब तुलसिपुर, छिमेकी राष्ट्र भारतको साहारा क्लब लखनऊ, साविक उपबिजेता टरिगाउ युवा क्लब, युनाईटेड युथ क्लब तुलसिपुर, युएनबिसी युथ क्लब घोराही, सुर्खेत डिएफए क्लब, फर्साटिकर रुपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राईजिङ स्टार घोराही र एक विभागिय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डागी फाउन्डेसनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस