२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको  शिलान्यास

दाङ,२१ फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बाैद्व विहारको आइतबार एक कार्यक्रमका बीच सो सामुदायिक वनको ३ विगाह क्षेत्रफलमा निर्माण हुन लागेको बाैद्व विहारको शिलान्यास गरेका हुन् । नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष मिनबहादुर ठेडी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री  धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको बाैद्व विहारको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले शान्ति बाैद्व विहारले शान्तिको केन्द्रको रूपमा विकास हुने बताएका छन् ।

संविधानमा उल्लेखनित सवै धर्म, संस्कृतिलाई आफुले समान तरिकाले हेर्ने बताउँदै मन्त्री मास्कीले शान्ति विहारले विश्व शान्तिका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी,नेपाल मगर बाैद्व सेवा समाजका केन्द्रीय सदस्य बलभद्र कुसारी मगर, लमही आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापा,नेपाल मगर बाैद्व सेवा समाजका लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र पुन मगर,  नेपाल मगर संघ गढवाका अध्यक्ष आई बहादुर घर्ती मगर, गोवरडिहा सामुदायिक वनका अध्यक्ष शिव यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का सचिव तथा निर्माण समितिका सल्लाहकार खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का कोषाध्यक्ष तथा निर्माण समितिका सल्लाहकार रामबहादुर घर्ती मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस