२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

रविले गृह मन्त्रालय नपाउने,अर्थ मन्त्रालय माओवादीले

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको नयाँ गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटमा छलफल चलिरहेको छ ।

प्रचण्डले यसअघि गठबन्धन फेरेर कांग्रेससँग मिल्दा गृह मन्त्रालय गुमाएका रवि लामिछाने फेरि सरकारमा फर्किएका हुन । उनले उपसभापति डिपि अर्याललाई मन्त्रीको लागि पठाइसकेका छन् ।

 उनी आफैं पनि सरकारमा सामेल हुने योजनामा छ तर यस पटक भने उनले गृह मन्त्रालय पाउने सम्भावना कम देखिएको छ। एमालेले गृह मन्त्रालय लिएर उनलाई अरु नै मन्त्रालय लिन प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालय भने माओवादीले लिने भएको छ ।

आज तीन मन्त्रीले सपथ लिए पनि उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस