२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

कमलको उपचारको लागि आर्थिक सहयोग

दाङ, २४ फागुन । तुलसीपुर उपमहानगरपालिका ५ का १३ वर्षीय  कमल घर्ती ( सुनिल ) को उपचारको लागि जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था  लिमिटेड केन्द्र नम्बर १६९ समुहले साढे ६ हजार बढि सहयोग गरेका छन् । समुहमा आवद्ध सदस्यहरूले सुनिलको घर मै पुगेर ६ हजार ६ सय सहयोग हस्तान्तर गरेका थिए ।  जसमा  पुष्प रजौरेले  ५ सय ,  निमा राना १ हजार  , निर्मला बिक ५ सय  , पार्वती पुन १ हजार , गङ्गा पुन ६ सय , कमला थापा ५ सय , कमला बिक ५ सय  ,निर्मला बिक ५ सय सहयोग गरेका थिए । यस्तै बनमाली घर्ती ५ सय , अमृता बि क ५ सय , शितली घर्ती ५ सय र सर्मिला बूढा ५ सय सहयोग गरेका हुन् । सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । उनलाई आफूहरूको सानो सहयोगबाट उपचारमा थोरै राहत मिलोस्, भन्ने उद्देश्यले सहयोग गरेको समुहको भनाइ छ । 

कक्षा ७ मा पढ्दै गरेका १३ वर्षीय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् । सुनिलको घरमा सुनिलकी दिदी हिरा घर्ती पनि उस्तै बिरामी भएको बुवा वेद बहादुर घर्तिले बताए । सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ती मगर पनि विगत ४ वर्ष देखि यही रोग वाट थलिएकी छन् । गरिब परिवार त्यसमा पनि दुई सन्तान दीर्घ रोगबाट पीडित भए पछि आफूहरू दिन रात आशुमा बित्ने गरेको आमा गोमा घर्ती मगरले बताइन । जेठी छोरीको विवाह भै सकेको र बाकी दुई सन्तान बिरामी भएपछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ । दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा वेद बहादुरले आर्थिक सहयोगको याचना गरेका  छन । उनले एभरेष्ट बैंक तुलसीपुरमा ०३३००५०१२१६४६८ नम्बरको खाता खोलिएको हुँदा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस