२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

कुटपिटबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौ, २४ फागुन । बाँकेमा चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधवार राति करिब १ बजेतिर जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा पाँचरसात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षणअस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यस्तै सोही घटनामा परि घाइते भएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस