२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

अध्यक्ष घर्ती को पहलमा भारतीय मिस्त्री र उनका परीवार को उद्धार

दाङ, २४ फागुन । बबई लिफ्टिङ खानेपानी आयोजनामा काम लगाइदिने भन्दै भारतबाट घोराही ल्याएर अलपत्र पारेका ४ जना भारतिय बालकहरु सहित उनिहरुका परिवार लाई आज नेपाली काङ्ग्रेस नेपल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती को विशेष पहलमा  उनिहरुलाई आफ्नो ठाउँमा पठाइएको छ ।

भारतको महाराष्ट बाट कामको लागी नेपाल आएका नागरिक अलपत्र परेको थाहा पाएपछि नगर अध्यक्ष घर्ती सोयम आफ़ूले नगद नेपाली रकम रु:३१०० Rooftop resturent का संचालक सिद्धान्त भण्डारी द्वारा रू-१००० र अध्यक्ष घर्ती का मित्र द्वारा रू १००० गरी जम्मा रू ५१०० र  नेपाली काङ्ग्रेस  तुलसीपुर नगर सभापति सुरेश हमालको विशेष पहलमा  उनिहरुलाई आफ्नो ठाउँमा पठाऊन को लागि नेपाल र भारतको सिमाना नेपालगञ्ज सम्मको गाडी भाडा र बीचमा खाना नि-शुल्क गर्दिएको अध्यक्ष घर्तीले बताएका हुन् ।

उनका अनुसार, ठेकेदारले उनीहरु लाई  पाइप-लाइनको कामका लागी ल्याएर ठेकेदार सम्पर्क बिहिन भएपछि उनिहरु अलपत्र परेको खबर आए पछि आफुहरुले उनीहरुलाई आफ्नो ठाउँसम्म पुग्नको लागि सहजीकरण गर्देको बताएका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस