२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

पूर्वसभामुख महरालाई कारवाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, ४ चैत । गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानले आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।

ज्ञवालीसहित गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर उपस्थित मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहतमा ल्याउने प्रक्रिया आजै सुरु गर्नसमेत निर्देशन दिएका छन् ।

लामिछानेले महरासहित तत्कालीन निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारवाही गर्न निर्देशन दिएका हुन् । सोही प्रकरणको लागि कांग्रेस सांसद् एवं व्यवशायी विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन खोजेको बुझिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस