
काठमाडौं, ६ चैत । साहित्यकार परशु प्रधानको निधन भएको छ । गए राति ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनका दुई छोरा र दुई छोरी छन् । प्रधानको आज बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरासमेत रहेका बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् ।
वि.सं. २००० मा भोजपुरमा जन्मिभएका प्रधानले २०१६ मा ुजीवन पथु कविताबाट नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । उनका १३ वटा कथा संग्रह प्रकाशित छन् । त्यस्तै उनका करिब १ दर्जन बाल कथाहरू पनि प्रकाशित छन् ।
प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार