२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

पश्चिम दाङमा होली पर्वको अवसरमा विशेष सुरक्षा योजना लागू

दाङ, ८ चैत । इलाका प्रहरी कार्यालय तुलसीपुरले होली पर्वको अवसरमा पश्चिम दाङमा विशेष सुरक्षा योजना लागू गरेको छ । होली पर्वमा हुन सक्ने विभिन्न किसिमका अराजक गतिविधिहरू रोक्नको लागि विशेष सुरक्षा योजना लागू गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले जानकारी दिए । 

उनले कुनै घटना भएमा तत्काल प्रहरीलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । होली पर्व सामाजिक एकता, सद्भावको पर्व भएको हुँदा यसलाई सभ्य रुपमा एकआपसमा शुभकामना आदान प्रदान गरेर मनाउन पनि उनले आग्रह गरेका छन् । 

उनका अनुसार सहजै रुपमा  सुरक्षा प्रदान गर्नका लागि सबै नाकाहरूमा रहेका प्रहरी युनिटहरू तयारी अवस्थामा राखिएका छन् । यस्तै विभिन्न चार स्थानमा मोबाइल टोली तयारी अवस्थामा रहेको उनले बताए । 

जसका लागि  ९७६४३४७९४५ नम्बर मोबाइल गाडी,  क्यूआरटीको लागि ९७६४३४७९४४, उजुरी शाखाको लागि ९७६४१९५९६६ नम्बर रहेको छ । त्यस्तै केहि समस्या, गुनासो तथा सुझाब दिनु परेमा ईप्रका तुलसीपुरको ०८२५२००२० वा १०० मा फोन गर्न आमनागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस