२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

अमेरिकी सेना पोशाक सहित विद्यालयमा किन?शिक्षा मन्त्री स्पष्ट गर डा.भिम रावल

काठमाडौ, ९ चैत । नेकपा एमालेका नेता डा. भिम रावलले राष्ट्रपति र प्रधानमन्त्री निवास नजिकै शिवपुरी मा.वि ले अमेरिकी सेनालाई पोशाक सहित विद्यालयमा पश्चिमी बाजामा नाचगान गराउँदा समेत सरकार रमिते भएको बताएका छन् 

राष्ट्र , राष्ट्रियताको पक्षमा खरो बसगर्ने रावल (MCC) को बिरोध गर्दै आइरहेका छन् । तर अहिले एमाले सहिदको गठबन्धन सरकार भएपनि खुल्मखुल्ला अमेरिकन सेनाहरू पोशाक सहित विद्यालयमा पश्चिमी बाजामा नाचगान गराउँदा समेत सरकार रमिते भएको किन भन्दै आफ्नो सामाजिक संझाल मार्फत सरकारको आलोचना गरेका हुन 

 उनले आफ्नो आफ्नो सामाजिक संझाल फेस्बुका लेखेका छन,राष्ट्रपति र प्रधानमन्त्री निवास नजिकै शिवपुरी मा.वि.ले अमेरिकी सेनालाई पोशाक सहित विद्यालयमा पश्चिमी बाजामा नाचगान गराउँदा सरकार रमिते किन? राष्ट्रिय स्वाधीनता र संविधान विरोधी हर्कत गराउने प्र.अ. लाई बर्खास्त गरियोस् र शिक्षा मन्त्री घटनाबारे स्पष्ट गर ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस