२०८३ भाद्र १९ गते शुक्रवार | 2026 September 4th Friday

समिक्षा अधिकारी भोली दाङ तुलसीपुरमा आउँदै

दाङ, ९ चैत । चर्चित गायिका समिक्षा अधिकारी भोलि दाङको तुलसीपुरमा आउन लागेकी हुन । प्राकृतिक कला केन्द्र तुलसीपुर दाङको आयोजनामा आज बाट सुरु भएको तुलसीपुर होलि फेस्टिवल २०८० मा आफ्नो प्रस्तुति लिएर भोलि चर्चित गायिका समिक्षा अधिकारी, डान्सर सबिता भुसाल, हास्यकलाकार दिप सागर भण्डारी, कार्यक्रम उद्घोषक तथा कलाकार शान्तराम सेन्चुरी, डान्सर पुश्पा बुढा, दुर्गा बुढाथोकी लगायतका कलाकारहरु तुलसीपुरमा आउने लागेका हुन । चैत १२ गते सम्म सन्चालन हुने कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । कार्यक्रम दिउँसो १ बजे देखी राती ९ बजे सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस