२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

सल्यान कारागारबाट थप उपचारका लागि कैदीलाई रिफर

दाङ, १० चैत । तुलसीपुर कारागारमा रहेका कैदीबन्दी दिल बहादुर थापा देब्रे आँखा देख्न सक्दैनन। विगत  चार पाँच वर्ष देखि आँखा देख्न छोडेका थापा कारागार चलान भयपछि झन आँखामा समस्या आउन थालेको गुनासो गरे । 

जिल्ला कारागार सल्यानमा रहेका उनको आँखा उपचार गर्नका लागि कारागार कार्यालय तुलसीपुर आएको बताए । शनिबार कारागार कार्यालय तुलसीपुरको  आयोजना तथा नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविरमा उपचार पाएपछि उनी अहिले खुसी छन्  । यति मात्र होइन मोतिबिन्दुको सल्यक्रिया हुने भएपछि उनलाई जीवनमा नयाँ आशा पलाएको महसुस हुन थालेको छ  । 

कान कम सुन्ने नोखि खत्रीलाई आँखा देख्न नसके पछि अरूको सहारामा हिड्नु खाने गर्नु पर्ने वाध्यता आएको छ । करिब ५ वर्ष  देखि मोतिबिन्दुको कारणले एउटा आखाँको सहारामा हिँडडुल गर्छिन । कारागारमा  उपचार पाएपछि अहिले तुलसीपुर कारागारमा रहेका तथा अन्य पहाडी  जिल्ला बाट आएका आँखाका बिरामी सबै खुसी भएका छन् । 

यस्तै कारागारमा जीवन बिताइरहेका अनन्त बहादुर तामाटाले पनि मोतिबिन्दुको कारणले कम आँखा देख्न थालेको करिब ३० वर्ष भएको छ।  जेल जीवनमा आँखाको उपचार पाउने कुनै आशा समेत थिएन तर अहिले उपचार पाए उनले भने । 

कारागारमा कैदी जीवन बिताइरहेका आश्रितहरुको  आँखा स्वास्थ्यकाे अवस्थालाई मध्यनजर गरी आँखा शिविरको आयोजना गरिएको कारागार कार्यालय तुलसीपुरका प्रशासक चिन्तामणि रेग्मीले बताए ।

 प्रशासक रेग्मीले धेरै कैदीबन्दीहरुको आँखामा समस्या भएकोले राप्ती आँखा अस्पताल संग समन्वय गरी उपचार सेवा प्रदान गरिएको उनको भनाइ छ ।

 कारागारमा विभिन्न उमेर समूहका कैदीबन्दी छन् । धेरै जना आँखाका बिरामी तथा प्रेसर सुगर थाइराइड तथा कोलस्ट्रोलका बिरामी आवश्यकता अनुसार विशेषग्य सेवा कारागारले दिँदै आएको जनस्वास्थ्य निरीक्षक दोर्ण ओली बताए ।

३१० जना कैदीबन्दीहरुले सेवा लिएका छन् जसमा २६१ जना पुरुष र ४९ जना महिला रहेका छन् । जसमध्ये १० जनामा मोतिबिन्दु , ८ जनालाइ तत्काल उपचारको लागि  रिफर गरिएको छ । ६६ जनालाई निशुल्क नजिकको चस्मा वितरण गरिएको रापति आँखा अस्पतालका दृष्टि विशेषज्ञ सुजन रिजालले बताए । दृष्टि विशेषज्ञ सुजन रिजालले नेत्र सहायक बालिका सेरपाइएली, पवित्र चौधरी, दीपकराज गिरी, शुभम् पोख्रेल, योजना घर्ती र पूर्ण ओली लगायतका टोलीले सेवा दिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस