२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

साहित्यकार दधिराज सुवेदीको निधन

काठमाडौं, १४ चैत । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा बुधबार बिहान ३ बजेतिर निधन भएको हो। 

भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए। उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन्। सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे । उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । 

उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिने परिवारका सदस्यले जनाए । स्व. सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस