काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार