
दाङ, २२ चैत । सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिनाअघि मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन भत्किएसँगै प्रदेश सरकारहरू पनि फेरबदल भइरहेका हुन् ।
प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार