२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

कांग्रेस, एमाले गठबन्धनको नयाँ सरकार बन्छ : पूर्वमन्त्री शंकर भण्डारी

दाङ, २५ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले अबको केही महिना भित्रै कांग्रेस एमाले गठबन्धनको नयाँ सरकार बन्ने बताए । शनिबार  नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उनले अहिलेको गठबन्धन सरकार आफ्नै कारणले हनिमुन पिरियडसम्म पनि मनाउन नपाएर ढल्ने र कांग्रेस एमालेका बिचमा तालमेल भएर नयाँ सरकार बन्ने उनले दावी गरे । 

उनले अस्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको भन्दै काँग्रेस एमाले यो मुलुकमा स्थायित्व कायम गर्नका लागि नयाँ सरकार निर्माणका लागि बिभिन्न चरणको गृहकार्य भैरहेको समेत  बताए ।  उनले पछिल्लो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृष्यहरू देखा परिरहेको भन्दै त्यसका लागि दुई ठूला राजनीतिक शक्तिका बिचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्ने बताए ।

साना राजनैतिक दलका धेरै पसलहरू भएका कारण नेपाली राजनीतिमा दुई ठूला राजनैतिक शक्तिलाई पाखा राखेर बिभिन्न तत्वहरूले खेल्ने अवसर पाएको भन्दै त्यसखाले तत्त्वलाई परास्त गर्न पनि कांग्रेस एमाले गठबन्धनको नयाँ सरकार बन्ने बताए । कांग्रेस एमाले गठबन्धनको सरकार पछि साना साना राजनीतिक दलहरूका धेरै सटरहरू  बन्द हुने पनि उनको भनाइ छ । नेपाली कांग्रेस र नेकपा एमाले फरक राजनैतिक विचारबाट प्रभावित भएपनि सरकार सञ्चालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस