
दाङ, २५ चैत । दाङको बंगलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हाँसीपुरमा सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा तुलसिराम खत्री ,प्रकाश केसी,मान बहादुर गाहा, मीन बहादुर गाहा ,चन्द्रिका गाहा मगर लगाएतले गाउँपालिकाले प्रदान गर्ने सेवा,वडामा भएका समस्याका बारेमा गाउँपालिकाको जवाफ मागेका थिए । सो कार्यक्रमका सहभागिहरुले उठाएको सवालमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकी अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापा, ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा, आर्थिक प्रशासन प्रमुख नाराय आचार्य लगाएतले जवाफ दिएका थिए । सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनताको आधारभूत आपश्यकता परिपुर्ति गर्न गाउँपालिका लागि परेको बताएका थिए । अध्यक्ष पुनले कतिपयकुराहरु पुराहुँदै गएको र कतिय पुराहुने प्रक्रियामा रहेको बताएका थिए । उनले जनतालाई राज्यको अनुभूत गाराउने नै आफुहरुको प्रमुख लक्ष्यरहेको बताएका हुन । अध्यक्ष पुनले अधिकारको उपयोग गर्ने हरेक नागरिकले कर्तव्यको बोध समेत गर्नुपर्छ भन्नेकुरालाई भुल्न नहुने बताएका हुन । उनले गाउँपालिकालाई सक्षम र सवल बनाउनका लागि आउँदा दिनहरुमा केही कमिकमजोरी भएको खण्डमा सुधार गर्दै अघि बढ्ने बताएका हुन ।
यस्तै गाउँपालिकाल उपाध्यक्ष भक्त बहादुर जिसीले हरेक नागरिक पनि आफ्नो क्षेत्रमा जिम्मेवार हुनु पर्ने बताएका हुन । नागरिकलाई राज्यले हेर्ने र राज्यले दिएको अधिकारको उपभोग गर्दै नागरिकपनि जिम्मेवार हुनु पर्ने बताएका हुन । उनले जनताका हरेक आवश्यकता परिपुर्ती गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताएका हुन ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका सम्पूण शाखा प्रमुखहरु,वडाका सचिव लगाएतको सहभागिता रहेको थियो । भने वडा नम्वर ७ र ८ का स्थानियहरुको सहभागिता रहेको थियो । बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलकोको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गरेका थिए ।