२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

गुरुकुल भित्र प्रबेश गर्दा साथ समुन्नत मनोरम लाग्छ : साहित्यकार शर्मा

दाङ, २५ चैत्र । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक बातावरण निकै राम्रो र मनोरम महसुस हुने बताएका छन ।

घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल ऐकेडेमिको कक्षा १०का बिद्यार्थिहरुको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उँनले यस्तो बताएका हुन । गुरुकुल एकेडेमीको ब्यबस्थापन मात्र नभई शैक्षिक वातावरण पनि निकै समुन्नत तथा मनोरम भएको बताएका हुन । बिद्यालयको नाम गुरुकुल एकेडेमीले नँया तथा पुना अभिभावकलाई समेत लोभ्याउने समेत उँहाले बताउनुभयो गुरुकुल शब्दले पुरानो उच्च संस्कृति अनुशासन निति नैतिकताको आधारमा बृद्धि गर्दै लैजाने पनि बताउनुभयो यसै आधारमा बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँनले बताएका हुन । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उँनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उँनले आग्रह समेत गरेका हुन  । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उँनले बताएका हुन । शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने भन्दै आगामि दिनमा पनि यसरी अगाडि बढ्नुपर्ने कार्यक्रमका बक्ताहरुले बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताएका हुन । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताएका हुन । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गरेका हुन । आज भएको दिक्षान्त कार्यक्रममा कक्षा १० का २४ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो । सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए । कार्यक्रममा गुरुकुल एकेडेमी गणित बिषयका शिक्षक अरबिन्द अधिकारी ,प्लस टु ब्यबस्थापन बिषयका संयोजक डम्बर रावत बिद्यालय संयोजक महेन्द्र पौडेल , नेपाली बिषयका शिक्षक विबेक देबकोटा ,अभिभावक तथा कक्षा १० का बिद्यार्थिहरु प्राप्ति अधिकारी उत्सव पोख्रेल सुधेच्छा पौडेल र दिपेश वलीले मन्तब्य राखेका थिए । विद्यालयका प्रिन्सिपल डां कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका विज्ञान बिषयका  संयोजक भुवन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गरेका थिए । यसैगरी बिद्यालयमा प्लसटु विज्ञान बिषयको बारेमा प्लसटु विज्ञान संयोजक अजय शाहले जानकारी गराएका थिए । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस