दाङ, २५ चैत । तुलसीपुर, ६ दाङ मा रहेको सेन्टर मावि तुलसीपुरले विद्यालयमा पत्रकार सम्मेलन गरि विद्यालयको आगामी रणनीति प्रस्तुत गरेको छ । शैक्षिक सत्रदेखि एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने रणनीतिका साथ अघि बढेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताएका हुन । पत्रकार सम्मेलनमा प्रधानाध्यापक पौडेलले विद्यालयमा यो वर्षदेखि मेघा परियोजना शुरु हुने छ भने यही शैक्षिक सत्रदेखि अध्यापनमा साधारण, मध्यम र विशिष्टीकृत पद्धति अपनाइने जानकारी दिएका हुन ।
त्यस्तै विद्यालयका विव्यस समिति, शिक्षक अभिभावक संघ तथा विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य यही विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिएका हुन । उनले भने हामीले आफूले पढाउने विद्यालयमा आफ्ना सन्तानलाई पढाउँउन सक्दैनौं भने आफ्नो काममा हामी आफै विश्वस्त छैनौं भने बुझ्नुपर्छ । पहिला आफ्नो सन्तानलाई स्कुलमा पढाउने अनि मात्र अरु बालबालिकालाई उचित शिक्षा दिन सकिने बताएका छन । उनले स्कुलमा आफ्ना छोराछोरी नपठाउने शिक्षक र निर्णय नमान्ने समितिका पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन ।