२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

नि:शुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

दाङ, ८ वैशाख । विभिन्न सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा शनिवार बंगलालचुली गाउँपालिकाको कमिरेचौरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटी, नेपाल परिवार नियोजन संघ दाङ शाखा तथा गाउँपालिकाको संयुक्त आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बंगलाचुली अस्पताल कमिरेचौर , लमही आँखा अस्पताल, नेपाल औषधि व्यवसायी संघ दाङ र रेडियो बंगलाचुलीको प्राविधिक सहयोगमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा २ सय १५ को आँखा जाँच गरिएको छ ।

२८ जनालाई मोतिया विन्दु, २६ जनाको चस्मा जाँच गरिएको छ । त्यसैगरी ६८ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ , एक जनालाई रिङपेसरी , स्त्रीरोगका  २ सय १५ जना, नाक, कान घाँटीको १ सय १५ जनाले स्वास्थ्य सेवा लिएको बंगलाचुली अस्पतालका हेल्थ असिस्टेन्ट सुवास चन्द सेर्पाईलि ले जानकारी दिए । उनका अनुसार शिविरमा जम्मा ४ सय ६ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ३ सय २ जना महिला रहेका छन् भने एक सय चार जना पुरुषहरू रहेका छन् । शिविरमा  गाउँपालिका वडा नम्बर ३,४,५ र ६ का र प्युठानको माण्डवी गाउँपालिकाका स्थानी हरूको उल्लेख्यमात्रामा सहभागिता रहेको थियो ।

आफूलाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा पाएपछि नागरिकहरूले खुसी व्यक्त गरेका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा हाल जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख, विमला योगीको अध्यक्षता एवं  गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै  गाउँपालिका अध्यक्ष  पुनमगरले जनतालाई नि :शुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि वेला बेलामा आयोजना हुने यस्ता शिविरहरूले पालिकालाई सहयोग पुनेको बताए । उनले गाउँपालिकाले सबै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्षम नभएको बताउँदै यस्ता शिविर मार्फत जनतालाई आफ्नो घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताए । उनले  टेलिमेडिसिन सेवाको सुरुवातका लागि पहलभइरहेको र त्यसको सुरुवात भएमा केही हदसम्म पालिकाले बिरामी हरूलाई विशेषज्ञ स्वास्थ्य परामर्शको व्यवस्था गर्ने बताए । 

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस