
निरला अर्याल
दाङ, ८ वैशाख । तुलसीपुर नगर जेसिजले नंया बर्ष २०८१ सालको अबसरमा भित्तेपात्रो बिमोचन गरेको छ । जेसिजले शनिबार तुलसीपुर ७ स्थित राप्ती शान्ति उधान गणेशपुरमा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो बिमोचन गरेको हो ।
जेसिज बर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डागिकाे अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम ब जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो । प्रमुख अतिथि जिसी ले १८ वर्ष देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था जेसिजले प्रत्यक्ष रुपमा सामाजिक विकास मात्र होइन समाजमा रहेका विकृति विरुद्ध सचेतना फैलाउने गरेको बताउनु भयो । साथै व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने कार्य जेसिज ले गर्दै आइरहेको जिसी को भनाई छ ।
सो अवसरमा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे सल्यान जेसिजका अध्यक्ष अशोक बोहोरा पूर्व अध्यक्षहरु दिपेश भण्डारी, मेगराज घिमिरे, नारायण भट्टराई , निवर्तमान अध्यक्ष सालिकराम ओली लगायतकाले शुभकामना दिनु भयो । कार्यक्रमका सयोजक धिरज बस्नेतले स्वागत गर्नु भएको कार्यक्रम काे जेसीज आस्थपठ केशव राज न्यौपानेले र धन्यवाद कार्यकारिणी उपाध्यक्ष सुरज भण्डारीले गर्नु भयको थियो । जेसिजका महासचिव कमल प्रकाश शर्मा सहजीकरण गर्नु भयेको थियो ।
यसै बीच तुलसीपुर नगर जेसीजले दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभा बट संस्थाले विभिन्न कार्य योजना को खाका तयार पारेको आयोजकले जनाएको छ ।