२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

दाङको तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु

दाङ, १३ वैशाख । कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्धत पुग्ने बिस्वास ब्यक्त गरेका छन ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ती प्रियले चलचित्रलाई समृद्ध उधोग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नया बाटो तय गर्ने बताएका हुन ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले चलचित्रको समग्र अबस्था संकटमा रहेको तर्क गरेका हुन ।

कार्यक्रममा पत्रकार महासघ दाङका सल्लाहकार डाक्टर सुदिप गौतमले चलचित्र एउटा सशक्त बिद्या भएको र यसले मानिसको जीवन परिबर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका हुन । उनले चलचित्र सामाजिक कुरिती परिवर्तनका लागि महत्त्वपूर्ण बिद्या भएको बताएका हुन । साथै उनले दाङ चलचित्रको क्षेत्रमा फस्टाउन नसकेको बताउदै एकपटक दाङ चलचित्रको इतिहास खोत्लनु पर्ने बताएका हुन ।

त्यस्तै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासनले नेपाली पत्रकारिता र चलचित्र पत्रकारितालाई कसरी ब्यबसायीक बनाउन सकिन्छ भनेर बहस चलाउनु पर्ने बताएका हुन । 

त्यस अबसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा कार्यक्रम भएको हो । निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकि हुन ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस