२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

कक्षा १२ को परीक्षार्थिबाट झन्डै दुईसय मोवाईल प्रहरीको नियन्त्रणमा

दाङ,१४ वैशाख । दाङबाट दुई सय परीक्षार्थीबाट मोवाईललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षाबाट विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरुबाट मोवाईल नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट २४८ र हिमाल एकाडेमीबाट २१ वटा मोवाईल नियन्त्रणमा लिईएको हो ।

त्यस्तै गढवाबाट २३ र घोराहीबाट ६ वटा मोवाईल समेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । परीक्षा दिइरहेकै अबस्थामा मोवाईल भेटिएकाले नियन्त्रणमा लिइएको उनको भनाई छ । उनका अनुसार ति मोवाईलहरु परीक्षा सकिएपछि मात्रै विद्यार्थीहरुलाई फिर्ता गरिनेछ । मोवाईल ग्रुप बनाएर चिट चार्ने तथा फोटो खिचेर लैजाने प्रबृति बढेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस