२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

इलाम – २ को मतगणना सुरु

काठमाडौ, १६ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकपश्चात् मतगणना इलाम ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस