२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

किशोरीलाई आत्मरक्षा तालिम सुरु

दाङ, नेपालमा पछिल्लो समय किशोरीहरुमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि महेन्द्र मा. वि. तुलसीपुरका किशोरीहरु लाई दुई महिने आत्मरक्षा तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । सामाजिक डिभिजन कार्यलय तुलसीपुर दाङको आयोजना तथा महेन्द्र मा वि तुलसीपुर १२ दाङको सहकार्यमा महेन्द्र मा वि तुलसीपुरमा अध्यानरत ४२ जना किशोरीहरु लाई दुई महिने आत्मरक्षा तालिमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वि.व्य.स. अध्यक्ष ॠषिराज लहरे (अरुण) ले तालिमपछि किशोरीहरुमा आत्मवल बढ्नु का साथै बलात्कार तथा महिला हिंसा हुँदा तत्काल र पछि पनि अपनाउनु पर्ने तरिका र कानूनी उपचारका बारेमा समेत सचेतना किशोरीहरु ले आफै वढ्न सकिने बताएका थिए  । किशोरीहरु ले तालिममा सिकेका सिपलाई अन्य साथिहरु लाई समेत सिकाउन र बाँड्न सक्ने कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र मा वि तुलसीपुरका प्र.अ. जीत बहादुर थापाले बताएका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रमुख वेगम के सि को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण पोखर केसिले गरेका थिए । 

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस