भुपेन घर्ती मगर
रोल्पा, २० वैशाख । स्थानीय भाषा कला सँस्कृति र साहित्यको प्रवर्द्धन गर्दै सम्मान, प्रोत्साहन खोजी र जगेर्ना गर्ने उदेश्यले माडी गाउँपालिकामा १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा माडी गाउँपाहलीका घर्तीगाउँ को कृष्ण माबि माडी २ घर्ती गाउँमा उद्घाटन गरिएको हो ।
माडी प्रज्ञा प्रतिष्ठान का सदस्य कर्ण घर्ती को स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको प्रमुख अतिथि माडी गाउँपालिका का अध्यक्ष अमरसिंह घर्ती मगर त्यसै गरि अन्य अतिथिहरूमा माडी गाउँपालिकाकी उपाध्यक्ष जयपुरी घर्ती, माडी गाउँपालीका का प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर भण्डारी, बरिष्ठ साहित्यकार डिबि टुहुरो , गिता निर्दोषी , अमर जिएम माडी गाउँपालीका का सम्पुर्ण वडा का वडा अध्यक्ष विभिन्न पार्टीका प्रतिनिधि पत्रकार लगायतको अतिथि हरूको उपस्थिति भएको कार्यक्रम को सञ्चालन बिरसिङ वली र समापन माडी प्रज्ञा प्रतिष्ठान का अध्यक्ष दल बहादुर घर्तीले गरेका हुन ।
आफ्नो मन्तब्य राख्दै माडी गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीले पुराना कला संस्कृति लाई जगेर्ना गर्न कार्यक्रम गरिएको बताएका हुन । यस्तो कार्यक्रम पहिलो भएकाले सोचेको भन्दा धैरैको उपस्थितिले आगामी दिनमा यस्तै कार्यक्रम का साथ कला संस्कृती जगेर्ना गर्न गाउँपालीका तत्पर रहने बताएका हुन ।
माडी गाउँपालिका र माडि प्रज्ञा प्रतिष्ठान को आयोजनामा विभिन्न कार्यक्रमहरू गरिएको थियो । माडी गाउँपालिका वडा स्तरीय पैसेरू नाच प्रर्दशनी प्रतियोगिता जसमा पुरस्कार राशी प्रथम पुरस्कार रू ७५ हजार , द्वितिय पुरस्कार ५० हजार तिर्तिय पुरस्कार ३५ हजार र सहभागी पुरस्कार २५/२५ हजार रहेको थियो । जसमा प्रथम माडी ५ भावाङ, द्वितिय माडी ६ कोर्चाबाङ र तिर्तिय माडी २ घर्ती गाउँ ले पुरस्कार हात पारेका छन् ।
त्यसै गरि माडी भित्रको खुल्ला गजल प्रतियोगिता को पुरस्कार राशी १० हजार , ७ हजार र ५ हजार रहेको थियो । जसमा प्रथम मोहन गाउँले मगर , द्वतिय आभास खड्का बेसाहार र तिर्तिय ओमसरा घर्ती ले हात पारेका हुन् । साथै माडी भित्रका बरिष्ठ साहित्यकार डिबि टुहुरो, गिता निर्दोषी र अमर जिएम साम्मानित भएका छन् ।