
काठमाडौ, २१ वैशाख । अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिबार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ। इडिभीको नतिजा सार्वजनिक भइसकेपछि dvprogram.state.gov/ESC/ मा गई आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा थाहा पाउन सकिने राजदूतावासले उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार