२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

लाईन्स क्लब अफ दाङ क्यापिटलले आगो लागी भएको घर निर्माण गर्दिने

दाङ, २२ वैशाख । लाईन्स क्लब अफ दाङ क्यापिटलले बैशाख ४ गते आगो लागेर नस्ट भएको घर निर्माण गर्दिने प्रतिबद्धता व्यक्त गरेको छ । लाईन्स क्लबअफ क्यापिटल दाङको सम्पुर्ण टिम तुलसीपुर १३ सिमल खुठिमा बैशाख ४ गते आगो लागेर नस्ट भएको घरमै गई आफू हरुले दुई कोठाको घर निर्माण गर्दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लाईन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले आगो लागेर मानवीय क्षति नभई भौतिक संरचना क्षति मात्र भएको तर भोलिका दिनमा पनि यस्ता घटना हुन सक्ने हुँदा , कुनै पनि घटना सुचना बिना आउने भएको भन्दै अब हुने संरचना पनि भोलिको दिनलाई मध्यनजर गर्दै र भोलिका दिनमा यस्ता घटना नदोरियोस भन्दै भूगोललाई पनि हेरेर निर्माण गर्दा राम्रो हुने बताए । यस्तै उनले यस्तो क्षति हुदा समेत कुनै सरकारी निकाएको आँखा नलगाउनु दुखको बिषय रहेको बताए ।

यस्तै पीडित निर्मला बुढाले आफ्नो दुई वटा घर संगै खाद्यान्न सबै जलेर नष्ट भएको बताइन् । दिनको ४ बजे तिर बनमा लाग्दै घरको नजिक आएको आगोलाई नियन्त्रण गर्न आफू घर तलको खोलामा गएको बेला माथी बाट आगो घरमा आइ सबै सम्पत्ति जलेर नष्ट भएको भन्दै दुख व्यक्ति गरेकी हुन् ।

आफ्नो आर्थिक अवस्था निकै कम्जोर भएको हुँदा आफुहरुले आगो लागेको आज १८ दिन सम्म पनि घर निर्माणको काॠ अगाडि बढाउन नसकेको र अरुको घरमा बस्दै आइरहेको बताइन् ।

यस्तै उनले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै आफुलाई सकेको सहयोग गर्दिन समेत सम्पुर्णलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस