२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

बिनिल केसि नेतृत्वको टिमको जित सुनिश्चित रहेको काग्रेस नेताहरुको भनाई

दाङ, २५ बैशाख । तुलसीपुर उधोग बाणिज्य संघको आसन्न निर्बाचनका सन्दर्भमा बिनिल केसि नेतृत्वमा बनेको प्यानललाई बिजयि बनाउन छलफल गरिएको छ ।

उम्मेदवार सहित गरिएको छलफल कार्यक्रममा नेताहरुले काग्रेस पार्टिबाट सिफारिस भएका उम्मेदवारहरुलाई जिताउन सबैजना आ-आफ्नो तह र तप्काबाट लागिपर्ने बताएका छन । 

टिमलाई जिताउन पार्टिले कुनै कसर बाकि नराख्ने भन्दै बरिष्ठ नेताहरु सहितको टिम गठन भएको छ । आजको बैठकले बिभिन्न समितिहरु समेत गठन गरेको क्षेत्रिय सभापति जगतबहादुर खड्काले जानकारी दिएका छन । सो अबसरमा केन्द्रिय सदस्य गेहेन्द्र गिरिले पार्टिको निर्णयलाई अक्षरस पालना गरेर अघिबढन अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस