२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

केसी नेतृत्वको टिमका एक जना सदस्यले पनि हार्नु हुन्न : नगर सभापति हमाल

दाङ, २७ बैशाख । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले तुलसीपुर उद्योग वाणिज्य संघमा बिनिल केसी नेतृत्वको टिमलाई बिजयी गराउन आग्रह गरेका छन् । तुलसीपुर नगरका उपसभापतिसमेत रहेका बिनिल केसीको नेतृत्वमा नेपाली काँग्रेसले उम्मेदवार खडा गरेको छ । आँफु पार्टीको एक इमान्दार सिपाही भएको भन्दै नगरसभापति हमालले काँग्रेसका आधिकारिक उम्मेदवारलाई बिजयी बनाउन सबैले भूमिका खेल्नु पर्ने बताए ।

काँग्रेसले उम्मेदवारहरु संग गरेको परामर्ष तथा छलफल कार्यक्रममा बोल्दै नगरसभापति हमालले बिनिल नेतृत्वको टिमका एक जना सदस्यले पनि हार्न नहुने बताएका हुन । बिनिल नेतृत्वको टिमलाई अत्यधिक मतले बिजयी बनाउन हरेक ब्यक्ति इमान्दारिता पूर्वक खटिनपनि उनले आग्रह गरेका थिए ।

‘ अहिलेको अवस्थामा पार्टीको निर्णयको पक्षमा जस्ले जहाँ बाट जसरी हुन्छ काँग्रेसका आधिकारिक उम्मेदवारलाई बिजयी बनाउन इमान्दारी पूर्वक लागौं,’ युवा नेता हमालले भने ‘ सायद अहिले मलाई जत्तिको अप्ठेरो अरु कसैलाइ छ भन्ने लाग्दैन र पनि म पार्टीको निर्णयको पक्षमा निष्ठाको साथ उभिएको छु ।’

नेपाली काँग्रेसका नेतासमेत रहेका नगरसभापति हमालका जेठान ललितजंग शाह पार्टीले टिकट नदिएपछि रुष्ट भइ नेकपा एमाले, नेकपा माओबादी केन्द्रसहितका दलहरुको समर्थनमा छुट्टै टिम बनाइ निर्वाचनमा होमिएका छन् । तर, पनि युवा नेता हमाल भने पार्टीका आधिकारिक उम्मेदवार बिनिल केसी टिमको पक्षमा माहोल बनाउन खटिएका छन् ।

पार्टीका पक्षमा नगरसभापति हमालले निर्वाह गर्दै आएको भूमिकाको काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, प्रदेशसभाका पूर्व सदस्य शंकर गिरी, नेताहरु महादेब शाह, केशब आचार्य, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती लगाएतले मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस