२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

संस्थागत सदस्यमा आचार्य निर्विरोध निर्वाचित

दाङ, २७ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुने निर्वाचनमा विनिल केसी प्यानलको विजयी सुरुवात भएको छ । केसी प्यानलबाट सदस्यमा उम्मेदवार दिएका चिन्तामणि आचार्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार संस्थागत सदस्यको रुपमा उम्मेदवारी दिएका आचार्य सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

केसीको नेतृत्वमा उपाध्यक्षमा देवबहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, वाणिज्य उपाध्यक्षमा खुशलराम शर्मा, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रूपेश शर्मा, सचिवमा नवीन राई, एसोसिएट सदस्यमा सन्दीपन रिजाल र सदस्यहरूमा तीर्थबहादुर डाँगी, कोमल डाँगी, माधव बस्नेत, नीलम बस्नेत, कल्पना बिष्ट, शैलेन्द्र कुमार बुढाथोकी र सुमन अधिकारी रहेका छन् ।

त्यसैगरी ललितजङ्ग शाहको नेतृत्वमा उपाध्यक्षमा डिल्लीबहादुर ओली, उद्योग उपाध्यक्षमा विश्व बस्नेत, वाणिज्य उपाध्यक्षमा नरेशराज भण्डारी, महासचिवमा नरेन्द्रकुमार डाँगी ,कोषाध्यक्षमा शेषमणि ढकाल, सह कोषाध्यक्षमा किशोर कुमार ओली, सचिवमा भुपाल रावत, एसोसिएट सदस्यमा सुरज ज्ञवाली र सदस्यहरूमा सुरेश नेपाली, निमबहादुर खत्री, टोपबहादुर महतरा कृष्णबहादुर पुन, मनोज कुमार गुप्ता, मिना रावत र  शारदा बस्नेत रहेका छन् l 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस