२०८२ असार ५ गते बुधवार | 2025 June 18th Wednesday

नेपालगन्जमा गोलि चल्यो

काठमाडौ, २७ बैशाख । बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । बिहीबार बिहान करिब साढे १० बजेतिर कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । 

ब्युरो प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार गोली लागेर सुशील परियार घाइते भएका छन । उनको खुट्टामा गोली लागेको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस