२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

मेरो स्वतन्त्र उम्मेदवारी व्यवसायीको हकहितको लागि हो : वली

दाङ, २७ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको सचिव पदका स्वतन्त्र उम्मेदवार चन्दन वलीले आफ्नो जित सुनिश्चित रहेको बताए ।

उनले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफू सानै उमेरदेखि व्यवसायका लागेको हुँदा हरेक समस्या बुझेको हुँदा त्यसको समाधान गर्ने सक्ने हुँदा आम मतदाताले आफूलाई नै भोट दिएर जिताउने समेत बताए ।   उनले भने,‘  साना व्यापारीहरू देखि ठूला व्यापारीहरूको पिरमर्का मैले सबै बुझेको छ । अहिलेसम्म धेरैले उवासङ्घमा नेतृत्व गरेका छन् । तर, तिनीहरूले व्यापारीहरूको समस्या समाधान गर्न ध्यान दिएका छैनन् । त्यसैले आफू दलगत नभइ स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएको छु । मलाई आश छ, यहाँका मतदाताहरूले न्याय गर्नुहुन्छ । ’ यस्तै उनले आफ्नो पढाईमा पनि ब्यापार सम्बन्धी रहेको भन्दै यसैबाट डिग्री गर्न लागेको समेत बताए ।

यस्तै उनले आम व्यापारीहरू घर भाडाका कारण धेरै समस्यामा परेको हुँदा त्यसलाई न्यूनिकरण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको भन्दै जितेपछि ति समस्याहरू समाधान गर्न ध्यान दिने समेत बताए । उनले भने,‘ हामी व्यापारीहरूले कस्तो पीडा भोग्दै आएका छौँ, भने कुनै व्यवसाय अलि राम्रो सञ्चालन भए घरबेटीले भाडा बढाइहाल्ने रहेको छ । व्यवसाय कम सञ्चालन भए, हाम्रो घर भाडा घट्दै । जसका कारण पनि निकै समस्या भोगिरहेको अवस्थामा मेरो जित भए यस समस्या समाधान गर्न पहल गर्नेछु । ’

यस्तै उनले झन्झटिलो कर प्रणालीका कारण पनि यहाँका व्यवसायहरूले समस्या भोग्दै आइरहेको भन्दै आफू निर्वाचित भएपछि त्यसको समाधान गर्न ध्यान दिने समेत बताए । सानो वा ठुलो व्यवसाय गर्दा धेरैलाई कर सम्बन्धी जानकारी नहुँदा समस्या भोग्दै आइरहेको भन्दै उनले आफू निर्वाचित भएपछि व्यापारीहरूलाई कर सम्बन्धी तालिम लगायत  कुराहरू सिकाउ पहल गर्ने समेत बताए ।  पछिल्लो सयम युवापुस्ताहरू विदेश गइरहेको अवस्थामा आफू जस्ता युवाहरू देशमा केही गर्नुपर्छ, भन्ने उद्देश्यले पनि उम्मेदवारी बनेको समेत बताए ।

 यस्तै उनले आफ्नो उम्मेदवारी भनेको व्यापारीहरूको हकहितको लागि रहेको भन्दै निर्वाचित भएपछि दिनरात नभनी सेवामा लाग्ने समेत प्रतिवद्धता जनाए । उनले भने,‘ मैले जितेपछि ठुलो बनेर हिँड्दैन , मैले व्यापारीहरूको समस्या समाधान गर्न लाग्ने छु । व्यापारीहरूलाई शान्तिसुरक्षा प्रत्याभूति दिलाउनको लागि पहल हुने छ ।’ यस्तै उनले युवाहरूलाई देश मै बसेर सहज रुपमा व्यापार व्यवसाय गर्नको लागि वातावरण मिलाउने पनि आफ्नो उम्मेदवारीको उद्देश्य रहेको पनि बताए । उनले बजार व्यवस्थापन र सरसफाइमा ध्यान दिन समेत बताए । 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस