दाङ, २७ वैशाख । युथ्स अफ तुलसीपुरले लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित रहेको विपि मावि बयालेमा सम्पन्न गरेको छ । शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग एवंम् नयाँ पाइला पुनर्स्थापनाको प्राविधिक सहयोगमा ६ दिने लागुऔषध र्दुव्यसनीविरुद्धको जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ को अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवंम् विद्यालयका प्रधानाध्यापक तुलसा गिरीको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शान्तिनगर गाउँपालिकाका अध्यक्ष बस्नेतले पछिल्लो समय युवाहरु लागुऔषधको सिकार हुदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले आजका युवाहरु भोलिका कर्णधार भएकाले र्दुव्यसनीको लतबाट बच्न आवश्यक रहेको बताउदै यस्ता खालका जनचेतनाका कार्यक्रमहरुले युवाहरुलाई र्दुव्यसनीमा फस्नबाट सचेत बनाउने जिकिर गरे ।
त्यस्तै प्रधानाध्यापक गिरीले विद्यालय उमेर समूहका बालबालिका भनेका काँचो माटो जस्तै हुन्, उनीहरुलाई जता लगिन्छ त्यतैै जाने भन्दै यस्ता खालका कार्यक्रमहरुले बालबालिकाहरुलाई सिकाइ मिल्ने बताइन् । अन्य उमेर समूहका बालबालिका/किशोरकिशोरीहरु भन्दा विद्यालय उमेर समूहका बालबालिकाहरु बढी कुलतमा फस्ने गरेको तथ्याङको जिकिर गर्दै यसबाट बच्न अभिभावकहरुले पनि आफ्नो बालबालिकाहरुको ध्यान दिन समेत आग्रह गरिन् ।
नयाँ पाइला पुनस्र्थापनाका उपाध्यक्ष शैलेश शर्माले प्रशिक्षण दिएका थिए । शान्तिनगर गाउँपालिका ७ स्थित रहेको शिवशक्ति माविबाट (वैशाख २० गतेदेखि २६ गते) सुरु भएको थियो । कार्यक्रममा ६५० बढी बालबालिकाहरुको सहभागिता रहेको थियो । दिपु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव प्रकृति राम्जामगरले गरेकी थिइन् ।