
सल्यान, २८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज सल्यान आउँदै छन् । गाउँपािलकाको भवन उद्घाटन गर्न उनी सल्यान आउन थालेका हुन । शुक्रबार प्रचण्डले जिल्लाको दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासकिन भवन उद्घाटन गर्ने छन् ।
हेलिकोप्टर मार्फट प्रधामन्त्री प्रचण्ड बिहान ११ बजे सल्यान पुग्ने कार्यक्रम अनुसार सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी प्रमुख नबीन कार्कीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार कुल लागत ७ करोड ८ लाख ५२ हजार बढीको नयाँ प्रशासनिक भवन ४ करोड ६५ लाख ७ हजार ८४३ रुपैंयामा टेन्डर भएको थियो ।
२०७८ असार २५ गते निर्माण सुरु भइ यही बैशाख १० गते नयाँ प्रशासनिक भवन निर्माणको काम पुरा भएको हो । अढाइ तले भवनमा २४ कोठा छन् । भवन अपाङ्ग मैत्री रहेको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए । भवन धुलिखेल निर्माण कम्पनीले निर्माण गर्ने जिम्मा लिएको थियो ।