२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

तुलसीपुर उवासंघ निर्वाचन : सम्पूर्ण तयारी पूरा

दाङ, २८ वैशाख । तुलसीपुर उद्योग बाणिज्य सघंको भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन संयोजक प्रवीण लम्सालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार फर्जि मत रोक्न फोटो सहितको डिजिटल कार्डको व्यवस्था समेत गरेको छ । यस पटक उवा संघको निर्वाचन एकै पटक २२ देखि २६ जनासम्मले मताधिकार प्रयोग गर्न सकिने खालको व्यवस्था मिलाएको उनले बताए । 

नेपाली कांगे्रसको तर्फबाट अध्यक्ष पदमा विनिल केसी, वाणिज्य उपाध्यक्षमा खुशलराम केसी, खुला उपाध्यक्षमा देव बहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, महासचिवमा केशव राज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नवीन राई, सहकोषाध्यक्षमा दिपेश भण्डारीले उम्मेदवारी दिएका छन् । त्यस्तै एशोसिएट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा कोमल डिसी (कमल), तिर्थ बहादुर डाँगी, माधव बस्नेत, महिला सदस्यमा निलम बस्नेत, कल्पना विष्ट, संस्थापक सदस्यमा चिन्तामणी आचार्य, शैलेश कुमार बुढाथोकी र सुवास अधिकारीको उम्मेदवारी दिएका छन् । 

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेद्धार ललित जंग शाह, वाणिज्य उपाध्यक्षमा नरेश कुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा बिश्व बस्नेत,  खुला उपाध्यक्षमा डिल्ली बहादुर ओलि रहेका छन् । 

त्यसैगरी महासचिवमा नरेन्द्र कुमार डागी (नरेश), कोषाध्यक्षमा शेषकान्त ढकाल, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार ओलि छन् । त्यसैगरी सदस्यहरूमा शुरज ज्ञवाली (यसोसियटस), भिम बहादुर खत्री,  शारदा बस्नेत,  मिना रावत, अमर खनाल, मनोज गुप्ता, कृष्ण बहादुर पुन, टोप बहादुर महतरा, शुरेस नेपाली, दिल बहादुर केसी (दिलिप) रहेका छन् । तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयन गर्नका लागि यस पटक तीन हजार चार सय ७३ जना मतदाताले मताधिकार प्रयोग गर्ने छन् । 

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । पुराना परिचय पत्र धारिको हकमा स्पष्ट परिचय खुल्ने प्रमाण ल्याउनु पर्ने ब्यबस्था गरिएको छ । निर्वाचन भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस