
दाङ, २८ वैशाख । नेपाली काँग्रेसले बिनिल केसी नेतृत्वको प्यानल नै आधिकारिक रहेको स्पष्ट पारेको छ । तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व चयनको लागि शनिबार मतदान हुँदै छ । त्यसको पूर्व सन्ध्यामा पार्टीको आधिकारिक उम्मेदवार को हो ? भन्ने बारे बहसहरु भइ रहँदा काँग्रेसले बिनिल केसी नेतृत्वको प्यानल नै काँग्रेसको आधिकारिक उम्मेदवार भएको स्पष्ट पारेको हो ।
दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले शुक्रबार बिज्ञप्ती जारी गर्दै बिनिल नेतृत्वको लोकतान्त्रिक प्यानललाई अत्यधिक बहुमतले बिजयी बनाउन अपिलपनि गरेका छन् ।सभापति खड्काले पार्टीकै जिम्मेवारीमा रहेका केही ब्यक्तिहरु अन्य पार्टी संग सहकार्य गरि गठबन्धनका नाममा आँफुलाई उम्मेदवारी प्रस्तुत गर्दै प्रचार प्रशारमा हिडेको सुन्नमा आएको भन्दै बिचलनमा नपर्न आग्रहपनि गरिएको छ ।भविश्यमा त्यस्ता ब्यक्तिहरुको उचित मुल्याङकन हुने कुरापनि सभापति खड्काले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
उद्योग बाणिज्य संघमा उम्मेदवार चयनका लागि क्षेत्रीय सभापति खड्काको संयोजकत्वमा एउटा समिति बनेको थियो । जसमा क्षेत्र नं. ३(१) का सभापति देबेन्द्र रिजाल, ३(२) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल सदस्य थिए । उनीहरुलाई सघाउनका लागि जिल्ला प्रतिनिधिका रुपमा जिल्ला सहसचिव राजु आचार्य खटाइएका थिए ।
यही टिमले एक हप्ता गृहकार्य पछि तुलसीपुर बाणिज्य संघको आगामी नेतृत्वको लागि बिनिल केसीको नेतृत्वमा उम्मेदवारी सिफारिस गरेको थियो ।नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्वको प्यानलमा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी,सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह–कोषाध्यक्षमा दिपेश भण्डारी छन् ।
त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी –कमल) , तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट उम्मेदवार छन् । तुलसीपुर उद्योग बाणिज्य संघको शनिबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । अब शनिबार बिहान र मतदानको मात्रै प्रतिक्षा छ । बाणिज्य संघको तुलसीपुर बजारस्थित भवनमा २७ वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई दिएको जानकारी अनुसार माथिको हलमा २२ वटा र भूइ तलामा पाँच वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ ।
निर्वाचन संयोजक लम्सालका अनुसार आवश्यक परे थप तीन वटासम्म मत खसाल्ने मिल्ने ठाउँ तयारी अवस्थामा राखिएको छ । निर्बाचन सयोजक प्रवीण लम्सालका अनुसार एकै पटक २७ जनासम्मले मतदान गर्न पाउने ब्यबस्था मिलाइएको छ ।
तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।सघंको नेतृत्व चुन्न शनिबार बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । त्यस्तै संभावित फर्जी मत रोक्न यो पटक डिजिटल परिचय पत्रको ब्यबस्था गरिएको छ । पुराना परिचय पत्र धारिको हकमा स्पष्ट परिचय खुल्ने प्रमाण ल्याउनु पर्ने ब्यबस्था गरिएको छ ।
निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।
तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् । बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।