२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

दाङमा २ महिलाको हत्या

दाङ, २९ वैशाख । दाङ घोराहीको नारायणपुरमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका – १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनीहरुमाथि बञ्चरो, कोदालो प्रहार गरी हत्या भएको थियो । उनीहरु त्यहाँ कोठा भाडामा बस्दै आएका थिए । 

प्रहरीका अनुसार बुढाको पहिलेको घर रुकुम र सुनारको पहिलाको घर सुर्खेत रहेको खुलेको छ । दुई महिलाको हत्या शनिबार दिउँसो साढे १ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ बर्षीय टेकबहादुर घर्ती पक्राउ गरेको छ । उनी पेशाले अटो चालक रहेको तथा घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ । घटना अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस